दफा ९०
कट्टी गरिएको करको विवरण र भुक्तानी
(१) अग्रिम करक्ट्री गर्नुपर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरीका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित विवरणसँग अग्रिम कर कट्टी गर्ने व्यक्तिले कट्टी गरिएको कर वा उपदफा (३) बमोजिम कर क्ट्री गरेको मानिएको रकम उपदफा (१) मा उल्लिखित म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ ।

(३) अग्रिम कर क्ट्री गर्नुपर्ने व्यक्तिले ०दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कर कट्टी नगरेको भए पनि सो कर क्ट्टी हुनुपर्ने समयमा सो कर क्ट्री गरिएको मानिनेछ ।

(४) दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कुनै कर कट्टी गरिएको रकम वा उपदफा (३) बमोजिम कर क्ट्री गरेको मानिने रकम सो अग्रिम कर क्ट्री गर्ने व्यक्तिले दाखिला गर्नु पर्नेछ र उपदफा (५) लागू हुने अवस्थामा कर कट्टी हुने व्यक्तिले उपदफा (१) मा उल्लिखित अवधि पश्चात्‌ ८२) पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ ।

(४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि र ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोबारको आधारमा कर तिर्ने व्यक्तिले परिच्छेद-१७ बमोजिम कट्टा गरिएको अग्रिम कर किस्तावन्दी कर तिर्ने समयमा दाखिला गर्नु पर्नेछ ।

(५) ०९देहाय बमोजिमको अवस्थामा अग्रिम करकट्री हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुवैजना संयुक्त रुपमा र छुट्टाछुट्टै रुपमा सो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्‌:-

(क) अग्रिम कर क्ट्री गर्ने व्यक्तिले ०दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कुनै भुक्तानीबाट कर कट्टी नगरेमा, र

(ख) अग्रिम कर क्ट्री गर्ने व्यक्तिले उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम उपदफा (४) बमोजिम कर दाखिला गर्नुपर्ने मितिभित्र विभागमा दाखिला नगरेमा ।

(६) अग्रिम कर क्ट्री “गर्ने व्यक्तिले ०दफा ८७,८८, ८८क, वा ८९ बमोजिम कर कट्टी गरी विभागमा दाखिला गरेकोमा सो कर कट्टी भएको भुक्तानीका विषयमा कर क्ट्री हुने व्यक्तिद्वारा कुनै दाबी गरिएमा सो रकम कर क्ट्री हुने व्यक्तिलाई भुक्तानी गरे सरह मानिनेछ ।

(७) दफा ८७, ८८,८८क, वा ८९ बमोजिम कर कट्टी नगरेको रकम अग्रिम कर क्ट्री गर्ने व्यक्तिले विभागलाई दाखिला गरेको भएमा सो दाखिला भएको कर रकम बराबरको रकम सो कर क्ट्री हुनुपर्ने व्यक्तिबाट असुल उपर गर्न पाउनेछ ।

(८) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम दाखिला गर्नुपर्ने विवरण वा कर दाखिला नगरेको वा कुनै व्यक्तिको सम्बन्धमा उपदफा (५) को अवस्था रहेको कुरामा विभाग विश्वस्त भएमा दाखिल नगरेको वा घटी दाखिला गरेको रकम र दफा ११९ बमोजिमको ब्याज तथा अग्रिम कर क्ट्री गर्नुपर्ने भृक्तानीमा कर कट्टी नगरेकोमा दफा १२० बमोजिमको शुल्क समेत दाखिला गर्न आदेश दिन सक्नेछ ।

तर त्यस्तो आदेश दिनुभन्दा पहिले उचित कारण खोली सो आदेशका सम्बन्धमा सफाइको सबुत प्रमाण पेश गर्न पन्ध्र दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ ।